करणको विष्फोटक ब्याटिङमा नेपालको अहिलेसम्मकै दोस्रो ठूलो स्कोर
करण केसीको विस्फोटक ब्याटिङको मद्दतले नेपालले त्रिदेशीय शृङ्खालामा मलेसियाबिरुद्ध २ सय १७ रनको विशाल योगफल प्रस्तुत गरेको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो ।
टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा २ सय ६ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।
करणले मात्र १३ बल ७ छक्काको मद्दतले ४५ रन बनाए । उनी युवराज सिंहले बनाएको सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमानबाट एक छक्काले बञ्चित बने । सिंहले १२ बलमा अर्धशतक बनाएका थिए ।
यसअघि फर्ममा रहेका कुशल भुर्तेललाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालका लागि आसिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रन बनाए । उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए ।
मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य