शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बिहीबार, ०९ वैशाख २०७८, १६ : २३
बिहीबार, ०९ वैशाख २०७८

मकवानपुर । मकवानपुरको चुरियामाई मन्दिर नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
बिहिबार बिहान करिव ६ बजेको समयमा चुरियामाई मन्दिर नजिकैको ओरालोमा बा.८६ प.१६३२ नम्बरको मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गतको बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ चुरियामाई मन्दिरको ओरालोमा मोटरसाईकल दुर्घटना हुँदा भारत सीतामणि घर भएका सन्तोष ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनकारी दिए ।

दुर्घटनामा घाइते भएका ठाकुरको उपचारका क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको हो प्रवक्ता मिश्रले बताए ।
दुर्घटनामा अन्य २ जना घाइते भएको र उनीहरुको उपचार भइरहेका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका एक जना पुरुषको अवस्था गम्भिर रहेको छ भने अर्का एक बालकको अवस्था सामान्य रहेको प्रवक्ता मिश्रले बताए ।
बिहानको समयमा पानी परिरहेकाले मोटरसाइकल चिप्लिएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप