बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकार कोरोनाबाट जनता होइन सत्ता जोगाउन लाग्यो :  प्रकाशमान सिंह

बिहीबार, ०९ वैशाख २०७८, १७ : २४
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको एक कार्यक्रममा नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो । उनले कोरोनाका कारणले नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे ।

सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नभन्दा पनि आफ्नो सत्ता जोगाउन लागि परेको नेता सिंहको भनाइ छ । देशमा भएका अस्पतालहरूको क्षमता बढाउदै लग्नुपर्ने भन्दै उनले भने ‘ दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रीसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।’

तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्न समेत सरकारलाई आग्रह गरे ।

अब पनि कोरना नियन्त्रण र रोकथामका विषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न सबन्धित समेत सबैमा उनको अपिल छ । कार्यक्रममा इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख एघार हजार रुपैया  सहयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप