माधव नेपालले भने, ‘ब्याक टु मंगलमान !’

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता ‘घुमीफिरी रुम्जाटार’ जस्तै बन्न पुगेको छ ।
बिहीबार अपरान्ह होटल मेरियटमा भएको दुई नेताबीचको दोस्रो दिनको छलफल तिक्ततापूर्ण भएको नेता नेपालले वार्तास्थलमै जानकारी दिएका थिए ।
ओलीसँगको वार्ताबारे रातोपाटीले प्रतिक्रिया माग्दा नेता नेपालले विम्वात्मक शैलीमा भने, ‘ब्याक टु मंगलमान !’
माधव नेपालले प्रयोग गरेको ‘ब्याक टु मंगलमान’ मिथक मंगलमान नाम गरेका एक ऐतिहासिक पात्रसँग जोडिएको छ, जसले सत्तासँग नझुकी निरन्तर संघर्ष गरेका थिए ।
ओलीसँगको वार्ता घुमीफिरी रुम्जाटार अर्थात पुनः मुसिको भवः कै अवस्थामा पुगेको नेपालले संकेत गरे ।
यसैबीच ओलीसँगको वार्ता सकिएलगत्तै नेता नेपाल जनकपुरतर्फ लागेका छन् । जनकपुरमा उनी पार्टीको कार्यक्रममा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते