शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिरो मोटोकर्प र गोगोरो बीच विद्युतीयकरणका लागि साझेदारी

बिहीबार, ०९ वैशाख २०७८, १९ : ०७
बिहीबार, ०९ वैशाख २०७८

काठमाडौं । हिरो मोटोकर्प र गोगोरो इङ्कले आज भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई गति दिन एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।

यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नव प्रर्वतनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको छ ।

भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्लेटफार्म ल्याउन दुवै कम्पनीहरूले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्नेछ । हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतय सवारी साधन विकासमा सहकार्य गर्ने हिरोले जनाएको छ । 

नयाँ साझेदारीको बारेमा हिरो मोटोकर्पका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा.पवन मुन्जालले गोगोरोसँगको रणनीतिक साझेदारी हाम्रो दृष्टिकोण ‘गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने’ अनुरूप रहेको बताए । 

त्यसैगरी, गोगोरो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत होरेस ल्युकले भारतमा २२ करोड ५० लाखभन्दा बढी ग्यासद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधन भएको अवस्थामा स्मार्ट र दिगो विद्युतीय यातायात र नवीकरणीय इन्धनको आवश्यकता रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप