दोधारा-चाँदनी सुख्खा बन्दरगाह : सुदूरपश्चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना
काठमाडौं। कञ्चनपुरको दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया सुरु भएको छ। तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा-चाँदनी तथा एकीकृत चौकीको गुरुयोजनालाई अन्तिम रुप दिने काम भएको छ। इन्टरमोडल यातायात विकास समिति परियोजना कार्यान्वयनको अन्तिम गृहकार्यमा जुटेको छ।
यो परियोजना समग्र सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ। इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल आएपछि परियोजनाले तीव्रता पाएको हो। यो परियोजना सरकारकै लागतमा निर्माणमा हुने हो। कञ्चनपुरको महाकाली पारी दोधारा-चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित यो परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको छ।
इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक गजुरले भन्छन्, यो परियोजनाले समग्र सुदूरपश्चिमको समृद्धिको ढोका मात्रै खोल्‍ने छैन। तेस्रो मलुकुसँगको व्यापारको ढोकालाई पनि यसले सहज बनाउने छ।' गजुरेल परियोजना कार्यान्वयनका लागि अन्तिम गृहकार्य भइरहेको बताउँछन्। गजुरेल भन्छन्, 'यसलाई हामी तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं।'
यो समाचार आजको अन्नपूर्णपोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’