सीताराम यचुरी शोकमा, ३५ वर्षकै उमेरमा कोरोनाले लियो छोराको ज्यान
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीलाई पुत्रशोक परेको छ । उनका छोरा आशिष यचुरीको कोरोना भाइरसका कारण ३५ वर्षकै उमेरमा निधन भएको छ । यचुरीले सामाजिक सञ्जालमार्फत आफ्ना जेठा छोराको निधन भएको दुखद् घोषणा गरेका हुन् ।
आगामी जुनमा आशिष ३५ वर्षको पुुग्नेवाला थिए । संक्रमणसँग दुुई सातासम्म लडेपछि पत्रकार आशिषले दिल्लीको गुुर्गाउँस्थित मेदान्त अस्पतालमा दम तोडेका हुन् । ‘मलाई धेरै दुख लागेको छ कि मेरा जेठा छोराको निधन यसै मिहना भयो । उनको उपचार गर्ने र आशा जगाउने डाक्टर, नस, फ्रन्टलाईनमा काम गर्ने स्वाथकर्मी, सरसफाई कर्मचारीलगायत सबैलाई म धन्यवाद दिन्छु,’ यचुरीले बुधबार ट्वीटरमा लेखेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेता, कलाकारलगायत धेरै व्यक्तिहरुले आशिषको निधनमा शोक व्यक्त गरेका छन् । ‘सीताराम यचुरी जी र उनको परिवारलाई पुत्र आशिषको दुखद् र असामयिक निधनप्रति संवेदना व्यक्त गर्दछु, ओम शान्ति,’ मोदीले ट्वीटरमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै