शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

शुक्रबार, १० वैशाख २०७८, ०९ : ४७
शुक्रबार, १० वैशाख २०७८

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रूपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो ।

सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेकोभन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गर्दै आएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेकाले संकटको अवस्थामा सर्वसाधरणलाई केही राहत पुर्‍याउन पीसीआर परीक्षण शुल्क घटाइएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।

पूर्वमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गत भदौ महिनाबाट केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । पीसीआर परीक्षण गरेर छ घण्टामै रिपोर्ट दिइने केएमसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप