शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं फर्कियो ‘बिहे पास’

शुक्रबार, १० वैशाख २०७८, १० : १९
शुक्रबार, १० वैशाख २०७८

काठमाडौंँ । फिल्म ‘बिहे पास’ युनिट काठमाडौं फर्किएको छ । एक गीत र दुई सिन छायाँकन बाँकी राखेर फिल्म युनिट काठमाडौ फर्किएको हो । बाँकी रहेको छायाँकन काठमाडौमा गर्ने निर्माण युनिटले जनाएको छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको गत चैत १३ गते विराटनगरबाट शुभ मुहूर्तसहित छायाँंकन सुरु भएको थियो ।

प्रवेश पौडेलको निर्देशन रहेको फिल्मले अन्तरजातीय विवाह पछि जीवनमा आउने उतार–चढावलाई कथा बनाएको छ  ।

रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा ग्याल्जेन लामा हुन् । आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको फिल्ममा आकाश बराल र सजन काफ्लेको पटकथा छ । 

यो फिल्मबाट प्रकृतिले ६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । उनले ‘होस्टेल’बाट अभिनयमा डेब्यु गरेक थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप