शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनका गरगहनासहित नगद चोरी गरी फरार युवक पक्राउ

शुक्रबार, १० वैशाख २०७८, ११ : १६
शुक्रबार, १० वैशाख २०७८

गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

नगरपालिकाको वडा नं  ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । 

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका नगद रु ४७ हजार ३१० समेत बरामद गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप