शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९ महिनामा देशबाट ११ खर्ब रुपैयाँ विदेशियो

शुक्रबार, १० वैशाख २०७८, ११ : ५१
शुक्रबार, १० वैशाख २०७८

 देशको ११ खर्ब रुपैयाँ भन्दा बढी रकम विदेशिएको छ । चालु आर्थिक वर्षको (२०७७/७८) ९ महिनामा देशमा ११ खर्ब रुपैयाँ भन्दा बढी विदेशी सामान आयातका लागि बाहिरिएको हो ।

भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सामान आयात भएको छ । यो अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट सो बराबरको सामान आयात गरेको हो  ।  गत वर्षको यसै अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ९ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा यस पटक १३.१२ प्रतिशतले आयात बढेको हो । यसले देशको अर्थतन्त्रमा परनिर्भरताको पराकाष्टा  पुष्टि हुन्छ ।

आयातको तुलनामा निर्यात अत्यन्तै न्युन छ । यद्यपि, पछिल्ला केही  महिनाको तथ्यांकले निर्यातको बृद्धि सामान्य रुपले भइरहेको देखाउँछ । चालु आवको नौ महिनामा २०.२३ प्रतिशतले निर्यातको बृद्धि छ । यस अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको स्वदेशी बस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ७८ अर्ब ८१ करोड ८६ लाख ६१ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो । अहिले देशको व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप