शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साङ्घाईको एक कारखानामा आगलागी, आठ जनाको मृत्यु

शुक्रबार, १० वैशाख २०७८, १६ : ४५
शुक्रबार, १० वैशाख २०७८

एजेन्सी । सांघाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।   विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ । 

स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ ।  वरिपरिको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप