बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएले बैंकमा पैसा राखेर ब्याज खाँदैन : अध्यक्ष पन्त

शुक्रबार, १० वैशाख २०७८, १८ : ०८
शुक्रबार, १० वैशाख २०७८

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले सर्वसाधारण लगानी कर्ताहरुको शेयरको पैसा बैंकमा राखेर एनआरएनएले ब्याज नखाने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को साप्ताहिक नियमित कार्यक्रम अन्तर्गत अर्थ संवादमा बोल्दै अध्यक्ष पन्तले हालसम्म एनआरएनए डेभलपमेन्ट फन्डका लागि कमिट्मेन्ट भइसकेका शेयर लगानीको पैसा आयोजनामा लगानी गर्ने तर ब्याज नखाने बताएका हुन् ।
सो अवसरमा अध्यक्ष पन्तले एनआरएनएको पहलमा स्थापना हुन लागेको १० अर्ब रुपैयाँ बराबरको पूर्वाधार विकास फण्डमा हालसम्म २ अर्ब ५१ करोड रुपैयाँ कमिट्मेन्ट आइसकेको जानकारी दिँदै थप कमिट्मेन्ट आउने क्रम जारी रहेको बताए ।
‘इतिहासमै पहिलो पटक एनआरएनहरुले स्वदेशी पूर्वाधार विकासका लागि ठूलो लगानी भित्र्याउँदै छ । यो अहिलेसम्मै उपलब्धिमूलक योजना हो । गैर आवासीय नेपालीहरुलाई एकृति गरेर हामीले विदेशी पैसा स्वदेश भित्र्याउँदै छौं ।’
अध्यक्ष पन्तले भने, ‘यसले मुलुकको पूर्वाधार विकासमा ठूलो भूमिका खेल्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं । यसमा एनआरएनए नेपालीहरु दाजुभाइहरु पनि निकै खुशी देखिनुहुन्छ । योजना अघि बढ्दा नबढ्दै लगानीको कमिट्मेन्ट आउन थालिसकेको छ ।’ 

उनले थपे, ‘लगभग ३ अर्ब जति त अहिले नै कमिट्मेन्ट आइसकेको छ । यसलाई बैंकमा राखेर ब्याज खाने भन्दा पनि पूर्वाधार विकासमा लगाउने योजना बनाउँदै छौं ।’ अध्यक्ष पन्तका अनुसार प्राथमिकताका आधारमा एनआरएनए इन्भेष्टमेन्ट फन्डको पैसा विशेषतः मुलुकको कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा लगानी गरिनेछ । त्यसका लागि हालसम्म १ सय ७० वटा परियोजनाहरु प्रस्ताव भएका छन् । ती परियोजनाहरुको अहिले  अध्ययन तथा मूल्याङ्कन हुँदैछ ।

हालैमात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकको पूर्वाधार तथा उत्पादनशिल क्षेत्रमा लगानी गर्ने भन्दै नेपाल सरकारको समेत लगानी रहने गरि कुल १० अर्ब रुपैयाँ बराबरको ‘एनआरएन नेपाल डेभलमेन्ट फन्ड’ को स्थापना गरेको छ । जसमा सरकारको ५ प्रतिशत अर्थात् ५० करोड लगानी रहनेछ भने, संस्थापक सेयरको रुपमा एनआरएनए लगानीकर्ताहरूले अधिकतम १५ प्रतिशत अर्थात् ९ अर्ब ५० करोड रुपैयाँ लगानी गर्दैछन् । बाँकी ८० प्रतिशतले हुन आउने कुल ८ अर्ब रुपैयाँका लागि भने संघले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप