शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादीमा कारवाही, एमालेमा जिम्मेवारी

शुक्रबार, १० वैशाख २०७८, १८ : २१
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्कालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेकै दिन एमालेले जिम्मेवारी दिएको छ ।  माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादीले शुक्रबारमात्रै संसद सचिवालयमा दर्ता गरेको थियो । राष्ट्रियसभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा दर्ता गरेको केही बेरमै ओली नेतृत्वको एमालेले खड्कालाई जिम्मेवारी दिएको हो । 

एमालेले खड्कालाई नेकपा एमाले अर्घाखाँचीको जिल्ला इन्चार्जको  जिम्मेवारी दिएको हो ।  शुक्रबार एमालेले २६५ जना नेता कार्यकर्ताको जिम्मेवारी बाँडफाँड गरेको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप