बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक खन्दा ढुङ्गा लागेर एक पुरुषको मृत्यु

शुक्रबार, १० वैशाख २०७८, १९ : ००
शुक्रबार, १० वैशाख २०७८

डोटी । सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर आज यहाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ढुङ्गा लागेर मृत्यु हुनेमा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–६ रौकल्लाका ४५ वर्षीय नरी साउद रहेका छन् । 

खातिवडा–चिचकाट्टे–दल्लेख सडक निर्माणका क्रममा सुप्रप ०१००१ क १५३६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा खसेको ढुङ्गा लागेर साउदको घटनास्थलमै ज्यान गएको हो । जेसिबिका चालक कैलालीको गोदावरी नगरपालिका अत्तरियाका २२ वर्षीय शेर जोरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन चन्दले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप