प्रदेश २ मा प्रभुको जिम्मेवारी ज्वालालाई
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर तथा बाँडफाँट गरेको छ । बैठकले कार्य विभाजनअनुसार २ सय ६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको हो । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।
जसअनुसार प्रदेश २ को प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् भने प्रदेश अध्यक्षबाट माओवादी केन्द्र परित्याग गरेका प्रभु साहलाई हटाइएको छ ।
उनको ठाउँमा माओवादी केन्द्रबाटै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई जिम्मेवारी दिइएको छ । सहरी विकासमन्त्री समेत रहेका प्रभुलाई पार्टी विभाग तथा पेसागत संगठन इन्चार्ज बनाइएको छ ।
प्रभुले सहरी विकास विभाग प्रमुख, पेशागत महासंघ नेपाल तथा सम्बद्ध संगठनहरु र नेपाल बुद्धिजीवि परिषद् तथा सम्बद्ध संगठनको इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’