एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने
काठमाडौं । बैशाख ११ गते देखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफ.सी. चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।
प्रबन्ध निर्देशक सुदिप आचार्य र एफ.सी. चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफ.सी. चितवनलाई प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
भरत खवास मार्कि प्लेयर रहेका एफ.सी. चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, इजिप्सियन खेलाडीद्वय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।
मेघराज केसीको प्रशिक्षणमा रहेको एफ.सी. चितवनमा विकास खवास, विकास तामाङ, विवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, विशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारीलगायतका खेलाडीहरु रहेका छन् ।
खेल वैशाख ११ देखि शुरु हुँदै छ । भने एफ.सी. चितवनले आफ्नो पहिलो खेल वैशाख १३ मा ललितपुर सिटी एफ.सी. विरुद्ध खेल्नेछ । नेपाल स्पोर्टस् इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लवले ट्रफिको लागि प्रतिस्पर्धा गर्नेछन् । सबै २५ खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने