‘नेपाल सुपर लिग’को टिम ‘पोखरा थन्डर्स'लाई प्रायोजन गर्दै हुन्डाई नेपाल
काठमाडौँ । नेपालको लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल सुपर लिगको प्रथम संस्करणमा रहेको ७ मध्येको पोखरा थन्डर्सलाई प्लाटिनम स्पोन्सरको रुपमा प्रायोजन गरेको छ ।
नेपाल सुपर लिगको प्रथम संस्करण बैशाख ११ गते देखि जेठ १ गतेसम्म हुन गइरहेको छ । नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको टुर्नामेन्ट हो । जुन काठमाडौंको दशरथ रंगशालामा राउन्ड रोबिन फरम्याटमा खेलिन्छ । नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल टुर्नामेन्ट हो ।
हुन्डाईले विश्वभरनै खेलको विकास र प्रवर्धन गर्ने हेतुले विश्वकपको साथै विभिन्न लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नै लक्ष्मी हुन्डाईले पनि नेपालमा खेलकुद विकासको लागि विभिन्न खेलकुदहरू (फुटबल, गल्फ) मा प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ । लक्ष्मी हुन्डाईले बिगतमा नेपालको ‘ए’ डिभिजन टिम पनि १० बर्षसम्म प्रायोजन गरेको थियो ।
हुन्डाई मोटरले इङ्लिस प्रिमियर लिग सिजन २०१८/१९ लाई वर्षसम्मका लागि चेल्सी एफसीलाई प्रायोजन गरेको छ । साथै फिफा प्रतियोगिताहरूमा विगत १० वर्षदेखि अफिसियल प्रायोजक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै