बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थल ओर्लनेवित्तिकै वामदेवलाई भेट्न पुगे माधव नेपाल

शुक्रबार, १० वैशाख २०७८, १९ : ३१
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए । 

शुक्रबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको हो । 

विहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एव्ं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिनर मिटिङ गरेका नेता गौतम ओलीसँग बिच्किएर नेता नेपाल निकट पुगेका हुन् । यसअघि गौतम एमालेका दुबै समूहमा नलागी एमाले राष्ट्रिय एकता अभियान चलाएर तेस्रोधारमा थिए ।

वरिष्ठ नेता नेपालले पनि बुधबार र विहीबार दुई दिन मेरियट होटलमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । 

प्रधानमन्त्री ओलीसँग भएका दुबै नेताका छलफल सकारात्मक नभएपछि शुक्रबार साँझ भएको नेपाल –गौतम वार्तालाई  अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार नै बालुवाटार राखेको  बैठकबाट नेता गौतमलाई पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । तर नेता गौतमले त्यो स्थायी कमिटीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको सुवेदीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप