बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रोहितले अर्धशतक बनाएपछि पञ्जावलाई १३२ रनको लक्ष्य

शुक्रबार, १० वैशाख २०७८, २१ : ५२
शुक्रबार, १० वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

रन बनाउनका लागि निकै संघर्ष गर्दै मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतक बनाएपछि मुम्बई सम्मानजनक स्कोरमा पुगेको हो । रोहितले ६३ रन बनाए । यस्तै सूर्यकुमार यादवले ३३ र किरन पोलार्डले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पञ्जावका लागि मोहम्मद शामी र रवि बिस्नोइले किफायती बलिङ गरे । शामीले चार ओभरमा २१ रन खर्चिएर दुई विकेट लिए भने बिस्नोइले दुई विकेटका लागि २१ रन नै खर्चिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप