बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेना सम्मिलित टोलीले शनिबारदेखि ६ वटा हिमाल सफाइ गर्ने

शुक्रबार, १० वैशाख २०७८, २१ : ५४
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । ‘सफा हिमाल अभियान २०२१’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका चारवटा टोलीले मौसम प्रतिकुल रहेमा शनिबारदेखि फोहोर संकलन थाल्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम हिमालको सफाइ गर्ने उद्देश्यका साथ नेपाली सेनाको समन्वयमा अभियान सञ्चालन गरिएको हो । सफाइ अभियानमा खटिएको टोली बिहीबार नै सम्बन्धित आधार शिविरमा पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार ती टोलीले स्थानीय संस्कारअनुसार पूजाआजा सम्पन्न गरेका छन् । प्रायः सबैजसो आधार शिविरमा शुक्रबार भारी हिमपात भएको बताइएको छ ।

मौसम अनुकुल रहेको खण्डमा शनिबारदेखि ती टोलीले फोहोर संकलन सुरु गर्ने निर्देशनालयको भनाइ छ । ती टोलीले स्थानीय सरकार, सम्बद्ध तथा सरोकारवाला संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय गरी जेठ १० गतेसम्म फोहोर संकलन गर्ने निर्देशनालयले शुक्रबार जानकारी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप