शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो बौद्धिक सम्मेलन भएको करफोकमा साहित्यिक कार्यक्रम

शनिबार, ११ वैशाख २०७८, १४ : ०३
शनिबार, ११ वैशाख २०७८


नेपालमा पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन (विसं २००९) भएको इलामको करफोक माध्यमिक विद्यालयको प्राङ्गणमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । 

काठमाडौंबाट आएका गीतकार तथा कवि युवराज अधिकारी, विश्व विमोहन श्रेष्ठ र लव गाउँलेको सम्मानमा विद्यालयले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको प्रमुख अतिथिमा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई थिए भने अध्यक्षता विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन निरौलाले गरेका थिए । 

विद्यालय प्रधानाध्यापक गणेशप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा सुजन दुलाल, अञ्जिला थामी, उमानाथ गर्तौला, अनिसा अधिकारी लगायतले गीत, गजल,  मुक्तक र कविता प्रस्तुत गरे भने स्थानीय कविहरू नरहरि शर्मा, गणेश निरौला,  डीपी बास्तोला, लता गौतम अधिकारी, रीना राई समेतले हस्यव्यँग्य कविता, मुक्तक, गजल वाचन गरे । 

स्थानीय गायक पुजन प्रधानले गीतकार युवराज अधिकारीको देउरालीको फूल एल्बमको गीत गाए । यस्तै अधिकारी, विश्वबिमोहन श्रेष्ठ र लव गाउँलेले कविता तथा मुक्तक वाचन गरे । कवि विमल वैद्य तथा साहित्यकार केदार शर्माको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा   विद्यालयको तर्फबाट नृत्य तथा कराँते कौसलसमेत प्रस्तुत भएको थियो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईद्वारा कवि युवराज अधिकारीलाई नगर पालिकाको  तर्फबाट सम्मानपत्र दिएर सम्मानित गरे भने अधिकारीले आफनो एल्बम ‘देउरालीको फूल’ विक्रीबाट सङ्कलित रकम र त्यसमा केही थप गरी  २ लाखको अक्षय कोष खडा गरिने बताए ।  त्यसबाट प्राप्त हुने रकमबाट सूर्योदय नगरपालिका क्षेत्रभित्रका साहित्य तथा सङ्गीतका प्रतिभाहरूलाई निकट भविष्यमा पुरस्कृत गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप