शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार महासंघ गण्डकीको अध्यक्षमा गुरुङ

आइतबार, १२ वैशाख २०७८, ११ : ५५
आइतबार, १२ वैशाख २०७८

पोखरा । आदिवासी जनजाति कलाकार महासंघ गण्डकीको अध्यक्षमा शंकर विरही गुरुङ चयन भएका छन् । आदिवासी जनजाति कलाकारहरुको पोखरामा आयोजित प्रथम गण्डकी प्रदेशस्तरीय भेलाले लोक दोहोरी कलाकार गुरुङलाई नेतृत्वको लागि चयन गरेको हो । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेका छन् । 

भेलाले गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा करण तामाङ, द्वितीय उपाध्यक्षमा सरिता सारु मगर, महिला उपाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् । 
त्यसैगरी महासचिवमा सुरेन्द्र गुरूङ, सचिवमा टस गुरुङ, महिला सचिवमा ज्योति गुरुङ, कोषाध्यक्षमा दिलु लामा र सहकोषाध्यक्षमा बसन्ती थापा मगर चयन भएका छन् । 

कार्यसमिति सदस्यमा सविना गुरुङ, विमल जिसी, गुप्त गुरुङ, रविना गुरुङ, प्रशान्त तामाङ, कुमारी बुढा मगर, निश्चल थापा, बत्ती थापा मगर, रमा राना, सनम तामाङ, चिना थापा मगर, संगिता गुरुङ , पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामे मगर रहेका छन् । 

कार्यक्रम तमु धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप