शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा युवा लक्षित खोप अभियान शुरु

आइतबार, १२ वैशाख २०७८, १५ : २४
आइतबार, १२ वैशाख २०७८

लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप अभियान व्यापक सफल भएको बताउँदै आएको सरकारले अब युवाहरुलाई खोप लगाउन प्रेरित गर्ने अभियान शुरु  गर्ने बताएको छ ।

सरकारले युवाहरुलाई खोपप्रति सकारात्मक बनाउँदै उनीहरुलाई खोप लगाउने अभियान अबको प्राथमिकता रहेको जनाएको छ ।

१६ देखि २९ वर्षबीचका ८ जनामध्ये एक जनामा खोपसम्बन्धी नकारात्मक धारणा पाइएको राष्ट्रिय तथ्यांकको कार्यालयले गरेको अनुसन्धानले देखाइरहँदा उनीहरुलाई प्रेरित गर्न लागिएको हो ।

विशेषगरि काला जातिमा खोप सम्बन्धि बढी नकारात्मक धारणा रहेको पनि अनुसन्धानमा उल्लेख छ । आफ्नो पालो आएपछि सबैले खोप लगाउन र आफू सुरक्षित रहन सरकारले सबै युवालाई आग्रह गरेको छ ।

५० वर्ष मुनीका मानिसहरुले खोप लगाउन कम चासो दिने गरेको  अध्ययनले देखाएको छ ।

इंग्ल्याण्डमा हाल ४५ वर्ष माथिकालाई खोप लगाउन अनुरोध गरिएको छ भने स्कटल्यान्डमा ५० वर्ष माथिकालाई खोप लगाउने क्रम जारी छ । यसैगरी नर्दर्न आयरल्याण्डमा ३५ देखि ३९ वर्षका लागि खोप वितरण गरिंदै आएको छ । वेल्समा ३० देखि ३९ वर्ष उमेरकालाई खोप वितरण भइरहेको छ ।

उमेरको हद अनुसार खोप वितरण गरिएपनि अग्रपंक्तिमा काम गर्ने  तथा थुप्रै युवाले खोप लगाइसकेका छन् ।

बेलायतमा गत डिसेम्बर ८ तारिखबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।

बेलायतको जनसंख्याको आधा भन्दा बढी अर्थात ३३.५ मिलियनलाई खोपको पहिलो डोज दिइसकेको छ । १२ मिलियन अर्थात एक करोड २० लाख  भन्दा बढीलाई दोस्रो डोजसमेत दिइसकिएको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप