टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु
आइतबार, १२ बैशाख २०७८, २२ : २६

रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।
भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिए । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गङ्गाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य चारको क्रिमसन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का
-
राष्ट्रभाषा ऐन सम्बन्धी प्रदेश सांसदसँग छलफल
-
मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुल र सडकमा क्षति