शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीबारे ट्वीट गरेर अनुपम खेर भए ट्रोल

सोमबार, १३ वैशाख २०७८, १३ : ५६
सोमबार, १३ वैशाख २०७८

बलिउड अभिनेता अनुपम खेर आफ्नो एउटा ट्वीट पछि ट्रोल हुन थालेका छन् । देशमा बिग्रँदो कोरोना हालतका बीच मोदी सरकारले आलोचनाको सामना गरिरहेको छ । यता, अनुपम खेरले सरकारको पक्षमा ट्वीट गरेपछि ट्वीटरमा उनको चर्चा सुरु भएको छ र उनी ट्रेन्ड हुन थालेका छन् ।

वास्तवमा उनले यो ट्वीट पत्रकार शेखर गुप्ताको एउटा ट्वीटको जवाफमा दिएका थिए ।

शेखर गुप्ताले लेखेका थिए, ‘६० को दशकदेखि मैले थुप्रै संकट देखेँ जसमा ३ युद्ध, खानाको कमी, आपत्कालीन स्थिति समावेश छन् । यो हाम्रो विभाजन पछिको सबैभन्दा ठूलो संकट हो र भारतमा सरकार यसरी गायब भएको कहिल्यै देखिएको थिएन । फोनका लागि कुनै कन्ट्रोल रुम छैन, कोही जवाफदेह छैन ।’

यसको जवाफमा अनुपम खेरले ट्वीट गरे, ‘आदरणीय शेखर गुप्ता जी, यो अलि धेरै नै भयो । तपाईंको स्ट्यान्डर्डभन्दा पनि । कोरोना पूरा दुनियाँका लागि विपद् हो । हामीले यो महामारीको सामना पहिले कहिल्यै गरेका थिएनौं । सरकारको आलोचना आवश्यक छ तर योसँग जुध्नु हामी सबैको जिम्मेवारी हो । त्यसरी नडराउनुहोस् । आउन त मोदी नै आउँछन् । जय हो ।’

त्यसपछि उनी ट्वीटरमा ट्रोल हुन थाले र मानिसहरुले कमेन्ट्स र मीम्समार्फत् उनको आलोचना गरे ।

मानिसहरुले कोरोनाको यो मुश्किल अवस्था र अव्यवस्थाबीच विशेषगरी ‘आउन त मोदी नै आउँछन्’ लेखेकोमा आपत्ति जताएका छन् ।

मायरा नामकी प्रयोगकर्ताले अनुपम खेरको फोनमा कुराकानी गरेको तस्बिर राख्दै लेखिन्, ‘आउन त मोदी नै आउँछन् भन्ने ट्वीटपछि अनुपम खेर मोदीसँग कुराकानी गर्दै ।’

अर्का एक प्रयोगकर्ता के. गिलले ट्वीट गरे, ‘अनुपम खेरले आफ्नो वास्तविक रङ देखाएका छन् ।’

प्रयोगकर्ता रवि कुमार मीनले ट्वीट गरे, ‘अनुपम खेरको कमेन्ट आएगा तो मोदी ही, देशलाई गिज्याउनु सरह हो ।’

रोहित मल्होत्राले ट्वीट गरे, ‘अन्य सेलिब्रिटीः भारतको वर्तमान स्थितिका लागि चिन्तित । अनुपम खेरः आउन त मोदी नै आउँछन्मा नै व्यस्त । तपाईं देखेर लाज लाग्यो ।’

साहिर सईद नामका प्रयोगकर्ताले लेखे, ‘अनुपम खेरले ती मानिसहरुसँग कुरा गर्नुपर्छ जो आधारभूत चिकित्सा सुविधाका लागि सडकमा घुमिरहेका छन् । उनले आउन त मोदी नै आउँछन् भन्ने कुराको जवाफ दिनुपर्छ, त्यसपछि मात्रै उनको आवाज भारतको वास्तविक आवाज हुनेछ ।’

यद्यपि, एक प्रयोगकर्ता रलेट गान्धीले अनुपम खेरको पक्षमा लेखेका छन् ।

उनले ट्वीट गरे, ‘मानिसहरु अनुपम खेरलाई जे पायो त्यहि भनिरहेका छन् । अरे दाजुभाइ ती व्यक्तिसँग जीवनको जति अनुभव छ, त्यो तिम्रो सात पुस्तासँग छैन होला । अनुपम जी हाम्रा प्रेरणा हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप