मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन

मङ्गलबार, १४ वैशाख २०७८, २३ : ५६
मङ्गलबार, १४ वैशाख २०७८

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगजीवन नरेन्द्र मोदीका पिताका भाइ हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप