शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेस स्टेसन पुगेका अन्तरिक्ष यात्रीको भव्य स्वागत, आज फर्किँदै छन् चार यात्री

बुधबार, १५ वैशाख २०७८, १० : ०५
बुधबार, १५ वैशाख २०७८

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो क्रु ड्रागन स्पेसक्राफ्टमार्फत् चारजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पुर्यायो । यी चारैजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पहिलादेखि रहेका अन्तरिक्ष यात्रीले हात मिलाएर तथा अंकमाल गरेर स्वागत गरेका थिए । यस  भेटघाटको तस्बिर तथा भिडियो प्रकाशित हुँदा अनेक थरीका मानिसले प्रश्न गरे ।

पृथ्वीमा कोरोनाका कारण मानिसहरु हात मिलाउन तथा अंकमाल गर्न डराइरहेका बेला उनीहरुले चाँही किन अंकमाल गरे ? पृथ्वीमा महामारी भएको बेला  सामाजिक दुरी कायम गर्ने प्रचलन व्याप्त भइरहँदा  स्पेस स्टेसनमा  किन यो गाइडलाइन पालना गरिएन  ?

अहिले स्पेस स्टेसनमा अन्तरिक्ष यात्रीको संख्या ११ रहेको छ। पहिला कुनै समयमा यो संख्या  १३  सम्म पुगेको थियो ।  

हाल छ अमेरिकी, दुई रुसी, दुई जापानी तथा एक फ्रान्सेली अन्तरिक्ष यात्री स्पेस सेन्टरमा रहेका छन् । आज २९ अप्रिल बुधबार  स्पेस स्टेसनबाट चारजना  यात्री पृथ्वी फर्किँदै छन् । जसमा तीन अमेरिकी तथा एक जापानी यात्री रहेका छन्  ।

विभिन्न मानिसहरुले सोसल मिडियामा पृथ्वीमा कोरोना संक्रमणको त्रास फैलिरहेको अवस्थामा के कोरोना भाइरसले स्पेस स्टेसनमा संक्रमण फैलाउन सक्दैन भनेर प्रश्न सोधिरहेका छन् ।

स्पेस स्टेसन जानुअघि चारै जना अन्तरिक्ष यात्रीलाई तीन हप्ता  क्वारेन्टिन गरिएको थियो । कोरोना भाइरसका कारण पृथ्वीमा यो प्रचलन सुरु भएको हो  ।

नासाले जारी गरेको नयाँ गाइडलाइन अनुसार अब अन्तरिक्ष यात्रीले उडानभन्दा पहिला  दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ  । यो क्वारेन्टिन क्वार्टर नासाको केनेडी तथा जोनसन स्पेस सेन्टर, रस्कस्मसको दक्षिणी कजाकिस्तानको बायकोनूर कस्मोड्रोममा रहेको छ ।

यी यात्रीहरुलाई खास अनुमति प्राप्त व्यक्तिले मात्र भेट्न सक्नेछन् जसलाई चिकित्सकले परीक्षण गरेका छन् ।

अन्तरिक्षबाट फर्किने यात्रीले पनि क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ  । बाहिरी दुनियाँबाट कुनै संक्रमण पृथ्वीमा आउन नपाओस् भन्ने हेतुले यस्तो गर्न लागिएको हो ।  आज अन्तरिक्षबाट फर्किरहेका चारै जाना यात्रीले दुई साता क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

नासाले आफ्नो चन्द्र मिशन अपोलो ११,१२,१३ तथा १४ बाट फर्किएका यात्रीलाई क्वारेन्टिनमा राखेको थियो । चन्द्रमाबाट ल्याएको नमूनालाई लूनार रिसिभिङ ल्याबोरोटरीमा राखिएको थियो । चन्द्रमामा पहिलो पटक पाइला टेकेका निल आर्मस्ट्रङले आफ्नो जन्मदिन पनि क्वारेन्टाइनमा रहेको बेला मनाएका थिए ।

स्रोत: cnn.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप