बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको घरमा बाहिरबाट नआओस् कोरोना, यसका लागि गर्नुहोस् यी १० काम

बुधबार, १५ वैशाख २०७८, १२ : ३३
बुधबार, १५ वैशाख २०७८

कोरोनाको दोस्रो लहर अत्यधिक संक्रामक छ र यसले धेरैलाई आफ्नो पकडमा गाँजेको छ । यो संक्रमण जताबाट पनि र जसलाई पनि हुनसक्छ । यहाँसम्म कि जुन स्थानलाई तपाईं पूर्ण रुपमा सुरक्षित मान्नुहुन्छ, त्यहाँबाट पनि तपाईं यो महामारीको शिकार हुन सक्नुहुन्छ । यदि तपाईंको घरको कुनै एक सदस्य पनि बाहिर जानुहुन्छ भने थोरै लापरवाहीले पनि पूरा घर संक्रमित हुनसक्छ । यहाँ हामी तपाईंलाई आफूलाई र आफ्नो घरलाई कोरोनाबाट कसरी टाढा राख्ने भन्ने बारे कुरा गरिरहेका छौं ।

सही तरिकाले मास्क लगाउनुहोस्ः

तपाईं जतिबेला घरबाट बाहिर निस्कनुहुन्छ, कुनै पनि हालतमा मास्क लगाउनुहोस् । मास्कले नाक र मुख पूर्ण रुपमा ढाक्नुहोस् । मास्क अनुहारमा पूर्ण रुपमा फिट हुनुपर्छ । मास्क यस्तो हुनुपर्छ जसबाट तपाईं सहजै सास फेर्न सक्नुहुन्छ । यदि तपाईं कपडाको मास्क लगाउनुहुन्छ भने त्यसलाई हरेक दिन धुन अत्यावश्यक छ ।

६ फिटको दुरीः

अरु व्यक्तिबाट कम्तीमा ६ फिटको दुरी बनाउनुहोस् । कोरोनाका लक्षण नदेखिएका बिरामी पनि हुनसक्छन् । भीडभाडयुक्त स्थानमा जान बच्नुहोस्, विशेषगरी यस्तो स्थानमा जहाँ भेन्टिलेसन नहोस् । तपाईं जति मानिसहरुको सम्पर्कमा हुनुहुन्छ तपाईं संक्रमित हुने सम्भावना पनि त्यति नै बढी छ ।

सही तरिकाले हात धुनुहोस्ः

साबुन–पानीले २० सेकेन्डसम्म हात धुनुहोस् । यदि तपाईं पानी–साबुन उपलब्ध हुन नसक्ने स्थानमा हुनुहुन्छ भने ६० प्रतिशत अल्कोहलयुक्त स्यानिटाइजरले हात सफा गर्नुहोस् । आफ्नो आँखा, नाक र मुखलाई त्यतिबेलासम्म नछुनुहोस् जबसम्म तपाईं घर फिर्ता भएर हात धुनुहुन्नँ ।

खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्नुहोस्ः

यदि मास्क लगाइरहेका बेला तपाईंलाई खोकी लाग्छ वा हाच्छिउँ आउँछ भने मास्क नखोल्नुहोस् । मास्कमा हाच्छिउँ गरेपछि तुरुन्त मास्क हटाउनुहोस् र हात राम्रोसँग धुनुहोस् । यदि तपाईं मास्क लगाउनुभएको छैन भने खोक्नेबेला टिश्यूले आफ्नो मुख र नाक छोप्नुहोस् वा आफ्नो कुहिनाले मुख छोप्नुहोस् । प्रयोग गरिएको टिश्यूलाई डस्टबिनमा राख्नुहोस् ।

घरको सतहलाई सफा गर्नुहोस्ः

ती सतहलाई हरेक दिन सफा गर्नुहोस् जसको प्रयोग तपाईं धेरैजसो गर्नुहुन्छ । जस्तै कि मेच, ढोकाको ह्यान्डल, स्विच बोर्ड, डेस्क, फोन, किबोर्ड, टोयलेट, धारा र सिंक । यसका लागि तपाईं डिसइन्फेक्टेड सामग्री प्रयोग गर्न सक्नुहुन्छ ।

घर फिर्ता भएपछि तुरुन्तै नुहाउनुहोस्ः

यदि तपाईं अफिस वा कामबाट बाहिर जानुहुन्छ भने घर फर्किएपछि कुनै सामानलाई नछोइकनै वा कसैलाई नभेटिकनै सबैभन्दा पहिला नुहाउनुहोस् । यदि नुहाउन सम्भव छैन भने हातखुट्टा र मुखलाई राम्रोसँग धुनुहोस् र कपडा फेर्नुहोस् ।

वृद्धवृद्धा र बालबच्चासँग टाढै बस्नुहोस्ः

यदि तपाईं कामको सिलसिलामा बाहिर जानुहुन्छ भने ती मानिसहरुसँग एक निश्चित दुरी बनाउनुहोस् जसलाई कोभिड–१९ हुने सम्भावना सबैभन्दा धेरै छ । घरमा वृद्ध–वृद्धा, पहिले देखिकै बिरामी व्यक्ति र बालबच्चालाई भेट्दा विशेष सावधानी अपनाउनुहोस् ।

सेयर गर्नबाट जोगिनुहोस्ः

एक–अर्कासँग चिज सेयर गर्नबाट जोगिनुहोस् । विशेषगरी त्यतिबेला जब तपाईं कतै बाहिरबाट आइरहनुभएको छ । घरका हरेक सदस्यले आफ्नो गिलास, कप, प्लेट र तौलियाजस्ता चिज भिन्न राख्नुपर्छ र एकअर्काबाट सेयर गर्नबाट जोगिनुपर्छ ।

स्वास्थ्यमाथि निगरानी राख्नुहोस्ः

घरका हरेक सदस्यले आफ्नो स्वास्थ्यमाथि निगरानी राख्नुपर्छ । ज्वरो, कफ, सास फेर्न समस्या वा कोभिड–१९ का अन्य लक्षण देखिँदा सावधान हुनुहोस् र आफूलाई तुरुन्त घरका अन्य सदस्यबाट अलग राख्नुहोस् । अफिस वा कामको सिलसिलामा बाहिर जानेहरुले स्वास्थ्यको विषयमा बढी सावधान हुन आवश्यक छ ।

तापक्रम हेर्नुहोस्ः

कुनै पनि प्रकारको समस्या महसुस भइरहेको छ भने आफ्नो तापक्रम परीक्षण गर्नुहोस् । व्यायाम गरेको ३० मिनेटसम्म र ज्वरो कम गर्ने औषधी खाएपछि आफ्नो तापक्रम परीक्षण नगर्नुहोस्, नभए तपाईंले सही जानकारी पाउनु हुनेछैन । यदि ज्वरोसमेत कुनै पनि लक्षण देखिएको छ भने कोरोना परीक्षण कुनै पनि हालतमा गराउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप