ad

आकाशसँग मिलेर फिल्म बनाउँदै उमा

person explore access_timeबैशाख १५, २०७८ chat_bubble_outline0

काठमाडौंँ । निर्माता तथा अभिनेत्री उमा बेबी गिरी नयाँ फिल्मको तयारीमा जुटेकी छन् । निर्देशक आकाश अधिकारीसँगको सहकार्यमा उनले नयाँ फिल्म बनाउन लागेकी हुन् । केही दिन अगाडि दुबैले सहकार्यमा ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । जसका दुबैको अभिनय देख्न सकिन्थ्यो ।


आकाससँग मिलेर बनाउन लागेको फिल्मको अहिले लेखन कार्य भैरहेको उमाले बताइन् । फिल्मको लोकेसन हेर्न कार्यसमेत भैरहेको उनको भनाई रहेको छ । फिल्म नेपाल र सिक्किममा खिचिने योजना बनेको छ ।
द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई आकाश स्वयंले निर्देशन गर्नेछन् । कोरोना कहरको ‘स्थिति सामान्य भएपछि फिल्म छायाँकनका लागि फ्लोरमा निस्कने तयारी हाम्रो छ’ उमाले भनिन् । फिल्ममा उमाको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौटको क्रममा छन् । 



उमाले यसअघि ‘कहिँ कतै’, ‘इशारा’ लगायतका फिल्म निर्माण गरेकी थिइन् ।  निर्देशक अधिकारी पनि लकडाउनपछि अभिनेताद्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा जुटेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएकोले उक्त तयारी अहिले रोकिएको छ । 
 







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।