शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेक्सका लागि  दिमागका विभिन्न भाग होइन एउटै विशिष्ट भाग जिम्मेवार

बिहीबार, १६ वैशाख २०७८, ११ : २९
बिहीबार, १६ वैशाख २०७८

हालसम्म यौन सम्बन्ध राख्नका लागि दिमागको विभिन्न भागले काम गर्छन् भन्ने मान्यता थियो । तर, अब यो मान्यता पुरानो भएको छ । एक वैज्ञानिक अध्ययनका अनुसार मानिस तथा मुसामा  दिमागको एउटा भागले मात्रै यौन सम्बन्ध बनाउने वा नबनाउने निर्णय गर्छ । यसैका आधारमा पोथीमा प्रोजेस्टेरोन (Progesterone) तथा एस्ट्रोजेन (Estrogen) हर्मोन्स निस्कने तय हुन्छ  ।

पोर्चुगलको चैपालीमौड सेन्टरका प्रमुख अनुसन्धानकर्ता  सुसाना लिमाका अनुसार मानिस तथा मुसामा 'प्रोजेस्टेरोन' तथा 'एस्ट्रोजेन' हार्मोन्सले नै यौन सम्बन्धका लागि एकले अर्कोलाई स्वीकार गर्ने / नगर्ने कुरा तय गर्छ । पोथी मुसामा यसले प्रजनन क्षमताको स्तर पनि  निर्धारण  गर्छ । यो सबै कुरा दिमागको एउटै हिस्साले मात्रै तय गर्ने गर्छ ।

सुसाना लिमाका अनुसार कोही महिला तथा पुरुष एक अर्कासँगको यौन सम्बन्ध स्वीकार गर्छन वा गर्दैनन् भन्ने कुरा दिमागको यसै  भागले निर्धारण गर्छ । पोथी मुसाले भने ६  दिनमा आफ्नो 'सेक्स पार्टनर' यथावत  राख्ने वा छोड्ने निर्णय गर्छ । यी दुई हार्मोन्सले मुसालाई  यति छिट्टै यस्तो उग्र फैसला लिन प्रेरित गर्ने कुरामा वैज्ञानिकहरु  हैरान बनेका  छन ।

सुसाना लिमा भन्छिन, यस अनुसन्धानबाट प्राप्त जानकारीअनुसार पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि जिम्मेवार बनाउने दिमागको एउटा हिस्सा 'वेन्ट्रोमेडिएल हाइपोथ्यालामस' (Ventromedial Hypothalamus - VMH) रहेको हुन्छ  । यसभित्र पनि कैयौं कम्पार्टमेण्ट बनेका  हुन्छन्  । हरेक कम्पार्टमेण्टमा 'न्युरोनस'  हुन्छन्  । यिनले  पोथीको प्रजनन क्षमता निर्धारण गर्नुका साथै  यौन सम्बन्ध स्वीकार्यतालाई सक्रिय बनाउँछन्  ।

सुसानाको अध्ययन २० अप्रिलको 'इन्यूरो' (eNeuro ) जर्नलमा प्रकाशित भएको छ । यसमा यो बताइएको छ कि 'वेन्ट्रोमेडिएल हाइपोथ्यालामस ' (भिएमएच) भित्र कस्ता प्रकारका कर्माटमेन्ट्स हुन्छन् ? यसले कसरी पोथीलाई यौन सम्बन्ध स्वीकार गर्नका लागि तयार गर्छ ? साथै यसले नै यौन व्यवहारलाई निर्धारित गर्छ भन्ने जानकारी दिइएको छ ।

 अध्ययनमा जनाइए अनुसार 'भिएमएच' अलग अलग भाले वा पुरुषलाई देखेर भिन्न भिन्न  प्रतिक्रिया गर्छ  । यसै अनुसार नै पोथी वा महिलाको प्रजनन ग्रन्थी सक्रिय हुन जान्छ ।

सुसानासँग काम गर्ने पिएचडी शोधार्थी इन्स डियान्सका अनुसार पोथीमा  प्रजनन चक्रका  दौरान 'भिएमएच'का  'न्युरोन' लगातार परिवर्तित भइरहन्छन  । 'भिएमएच' को मुख्यतया तीनवटा कम्पार्टमेण्ट हुन्छ । यी कम्पार्टमेण्टमा रहेका 'न्युरोन' ले नै 'प्राजेस्टेरोन' हार्मोनलाई स्वीकार गर्ने गर्छन्  । 'न्युरोन' को रवैया हरेक कम्पार्टमेण्टमा बदलिरहेको हुन्छ  । यसले भिन्न भिन्न तरिकाले काम गर्छ । यहाँसम्म कि यौन स्वीकार्यताको फैसलालाई समेत  'न्युरोन' ले  बद्लिन सक्छ  ।

 अध्ययनको निष्कर्ष अनुसार कुनै पोथी मुसाले  भालेसँग सम्बन्ध राख्न अस्वीकार गर्ने बेला 'फ्रन्ट'को कम्पार्टमेण्टका 'न्युरोनस'  सक्रिय भएका हुन्छन्  । यस अवधिमा  'भिएमएच'मा  धेरै सक्रियता  तथा परिवर्तन आएको देखिन्छ  । तर जब यौन सम्बन्ध स्वीकार्य हुन्छ त्यसबेला  पछाडिको कम्पार्टमेण्टका  'न्युरोन' सक्रिय भएका हुन्छन्  ।

सुसानाका अनुसार 'भिएमएच'ले पोथी वा महिलाको सामाजिक यौन व्यवहार दर्साउँछ । कुन  भाले वा पुरुषसँग सम्बन्ध राख्ने वा नराख्ने भन्ने कुराको निर्धारण यसले नै गर्ने गर्छ । त्यस्तै पुरुषमा भने 'भिएमएच' कम्पार्टमेण्टले  आत्मरक्षा (सेल्फ डिफेन्स)को काम गर्ने गर्छ ।

अचम्मको कुरा त 'भिएमएच'ले पुरुष तथा महिलामा अलग अलग प्रकारले काम गर्छ । यसै कम्पार्टमेण्टले खाना खाने, भाग्ने तथा आफूलाई सुरक्षित बनाउने काम गर्छ । तर यस  अध्ययनले  पोथीको 'सेक्सुअल' व्यवहारको  'न्युरल' आधार के हो भन्ने थाहा हुन सकेको छैन  ।

 अध्ययनबाट यो कुरा स्पष्ट भएको छ कि प्रजननसँग जोडिएका  हार्मोन्सको दिमागी सक्रियतासँग सीधा सम्बन्ध हुन्छ  । साथै प्रजनन तथा यौन इच्छाका लागि दिमागको  एउटै मात्र भाग उत्तरदायी रहेको हुन्छ  । यस अध्ययनबाट भविष्यमा वैज्ञानिकलाई विभिन्न थप  कुराको जानकारी पाउन सजिलो हुन्छ भन्ने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप