शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परिवारले छोडे, घर बेचेः श्रीकृष्णाका चर्चित अभिनेता सोध्छन्, ‘कसरी गुजारा गरौं ?’

बिहीबार, १६ वैशाख २०७८, १३ : ५६
बिहीबार, १६ वैशाख २०७८

श्रीकृष्णामा भीष्म पितामहको भूमिका निभाएका अभिनेता सुनिल नागरको महामारीमा स्थिति नाजुक भएको छ । महामारीका कुनै काम नपाएका कारण उनी आर्थिक अभावको सामना गरिरहेका छन् । उनको सबै बचत पनि सकिएको उनले बताएका छन् ।

उनको स्थिति र नीजि जीवनमा निम्तिएको उथलपुथलका कारण उनले आफ्नो ओशिवारास्थित घर पनि बेच्नुपर्‍यो । हाल उनी भाडाको घरमा बसिरहेका छन् ।

एक अन्तरवार्तामा उनले भने, ‘यो समय... थाहा छैन कसलाई दोष दिऔं । मैले काम गर्न पाउँदा मैले धेरै नै कमाएँ । मैले थुप्रै हिट शोज गरेँ र थुप्रै फिल्ममा काम गरेँ । मानिसहरुलाई मेरो काम मनपर्यो र मैले धेरै काम पाएँ । तर आज हामीमध्ये थुप्रै उत्कृष्ट मानिसहरुका लागि कुनै काम छैन ।’

‘म एक प्रशिक्षित गायक पनि हुँ । त्यसैले केही दिन अघि मैले एक रेष्टुरेन्टमा गाउने प्रस्ताव पनि पाएँ । उनीहरुले मेरो दिन प्रतिदिनको खर्चलाई पनि ध्यानमा राखेका थिए तर लकडाउनको घोषणा गरियो र रेष्टुरेन्ट पनि बन्द भए । म पछिल्ला केही महिनादेखि आफ्नो भाडा तिर्न पनि असमर्थ भएको छु ।’

मानिसहरुलाई सुनिलको आर्थिक अवस्थाबारे कसरी थाहा भयो ? वास्तवमा उनले आफ्नो स्थितिबारे कास्टिङ डायरेक्टरसमेत रहेका एक नजिकका साथीलाई बताएका थिए । उनले यसबारे सोसल मिडियामा जानकारी दिने निर्णय गरे ।

यसबारे उनले भने, ‘उनीहरुले मलाई विश्वास दिलाए कि यो काम माग्ने राम्रो तरिका हो । सिन्टाले मलाई सम्पर्क पनि गरे । मैले उनीहरुलाई म चरम आर्थिक अभावमा परेकोबारे जानकारी दिएँ । उनीहरुले मलाई मद्दत गर्ने पनि बताए । तर यसका लागि कति समय लाग्छ, त्यसबारे थाहा छैन । मैले उनीहरुलाई इमेल पनि लेखेको छु । यो भाडाको घरमा म एक्लै बस्छु । पछिल्लो डेढ वर्षमा मेरो सबै बचत प्रयोग भइसकेको छ । ’

स्मरण रहोस्, सुनिललाई फिल्म ताल, चतुर सिंह टू स्टार, यू आर माय जानजस्ता फिल्मका लागि  चिनिन्छ । उनले थुप्रै टिभी सिरिजमा पनि काम गरेका छन् । उनी फियर फाइल्स, अदालत र सियाका राममा पनि देखिए । उनले श्री कृष्ण, ओम नमः शिवाय, श्री गणेश र कुबुल हैजस्ता सिरियलमा महत्वपूर्ण भूमिका निभाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप