शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आह्वान

बिहीबार, १६ वैशाख २०७८, १४ : ३८
बिहीबार, १६ वैशाख २०७८

अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ ।  अमेरिकाले  भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ ।

अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।

अमेरिकाले  चार श्रेणीको ट्राभल हेल्थ नोटिस जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्नका लागि थुप्रै स्तरमा मद्दत गर्ने घोषणा गरेका बेला यस्तो आदेश जारी गरिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दे भनेको छ, ‘भारतमा कोरोनाको नयाँ मामिला र यसका कारण हुने मृत्युको आँकडाले हरेक दिन रेकर्ड तोडिरहेको छ । कोभिड–१९ परीक्षणको सुविधा पनि सिमित छन् । अस्पतालमा स्वास्थ्य सामग्रीको आपूर्तिको विषयमा महामारीको स्थिति छ । यसका साथै नयाँ बिरामीका लागि अस्पतालमा कुनै बेड खाली छैन ।’

अमेरिकी एड्भाइजरीमा कोभिडको बढ्दो मामिलाका कारण मेडिकल सुविधा ध्वस्त भएको छ । यसमा अमेरिकी नागरिकलाई भारतबाट आउने फ्लाइटबाट सिधै आउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप