शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेती प्रादेशिक अस्पताल दुई सङ्क्रमितको मृत्युु

बिहीबार, १६ वैशाख २०७८, १५ : ४७
बिहीबार, १६ वैशाख २०७८

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कैलालीको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–२ का ३३ वर्षीय पुरूषको मृत्यु भएको हो ।
 
निर्देशनालयका अनुसार बुधबार अस्पताल भर्ना भएका घोडाघोडीका सङ्क्रमितको आइसीयुमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उहाँलाई निमोनियासमेत भएको थियो । लम्कीचुहाका सङ्क्रमित वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनमा पनि निमोनिया रहेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप