शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

शुक्रबार, १७ वैशाख २०७८, ०० : ०८
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । 

बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनेको छ । 

काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप