शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा रहेका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु

बिहीबार, १६ वैशाख २०७८, १८ : २९
बिहीबार, १६ वैशाख २०७८

लण्डन । गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ ।  भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुवात गरेको हो । 

कोरोना भाइरससम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेलमार्फत त्यहाँ रहेका चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ । हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए ।

सो सेवा सञ्चालन गर्नका लागि डा.अरुण पौडेल (नयाँ डिल्ली), डा. अविरल निधि (नयाँ डिल्ली), डा. सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।  कोरोना भाइरसको संक्रमण कारण हालसम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप