शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा १५ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

बिहीबार, १६ वैशाख २०७८, २० : १३
बिहीबार, १६ वैशाख २०७८

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या १५ करोडभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार देशभरी कोरोनाविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या १५ करोड २० हजार ६४८ पुगेको हो । 

देशका १० राज्यहरु आन्द्र प्रदेश, बिहार, केरला, मध्य प्रदेश, कर्नाटक, पश्चिम बंगाल, गुजरात, उत्तर प्रदेश, राजस्थान र महाराष्ट्रमा मात्रै ६७.१८ प्रतिशत खोप प्रयोग भएको अधिकारीहरुले जनाएका छन् । 
पछिल्लो २४ घण्टामा मात्रै देशभरी २१ लाखभन्दा बढी खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । 

कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएको भारतमा अहिले ८२.१० प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।  भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६९ हजार ५०७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये ८७.०७ प्रतिशत माथी उल्लेखित दश राज्यका रहेका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार २५७ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ७२.२० प्रतिशत ती दश राज्यमा रहेको तथ्याङ्कमा देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप