शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार १५ जनालाई कारबाही

शुक्रबार, १७ वैशाख २०७८, १४ : ४९
शुक्रबार, १७ वैशाख २०७८

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार १५ जनालाई प्रहरीले कारबाही  गरेको छ । १४ गते राति १२ बजेदेखि गरिएको निषेधाज्ञाको उल्लङ्घन एवं अवज्ञा गर्ने २ सय २२ महिला र ७ सय ९३ पुरुष गरी एक हजार १५ जनालाई कारबाही गरिएको हो ।   

यस्तै निषेधाज्ञाको पहिलो दिन २२ वटा सवारी साधन नियन्त्रणमा लिइएको, मास्क नलगाइ अत्यावश्यक काममा हिँडडुल गर्ने व्यक्तिहरुलाई ६४५ वटा मास्क वितरण गरिएको र अटेर गरी निषेधाज्ञा उल्लंघन गर्ने ६० जना व्यक्तिहरुलाई जरिवाना गरी ६ हजार राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ९ वटा विभिन्न स्थानहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन समेत गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल  रिजालले जानकारी दिए । 

दोस्रो दिन वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानहरुमा रहेका जम्मा ८ वटा स्वास्थ्य सामाग्रीहरु बिक्री वितरण गर्ने पसलहरूमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पर्याप्त मात्रा रहेको र अनुचित मूल्यमा बिक्री वितरण नभएका पाइएको रिजाले बताए । 

अनुगमनको क्रममा निषेधाज्ञाको उल्लङ्घन तथा अवज्ञा गरी अनावश्यक हिँडडुल तथा भेला जम्मा भएको कसुरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ र ८ का विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका जम्मा ८ जना व्यक्तिहरुलाई जनही तीन हजार (एक दिन कैद बराबरको रकम) जरिवाना गरी छाडिएको रिजालले बताए ।  

उनका अनुसार निषेधाज्ञाको उल्लंघन एवम् अवज्ञा गरेका मध्ये १२४ महिला र ३०६ पुरुषलाई  सम्झाइ बुझाइ छाडिएको, अत्यावश्यक काममा हिँडडुल गर्ने व्यक्तिहरुलाई ९० वटा मास्क वितरण गरिएको थियो । दोस्रो दिन अटेर गरी निषेधाज्ञा उल्लंघन गर्ने १२४ जना व्यक्तिहरुलाई जरिवाना गरी १२ हजार ४ सय बराबर राजश्व संकलन गरिएको र ३१ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप