सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार १५ जनालाई कारबाही
सुर्खेत । सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार १५ जनालाई प्रहरीले कारबाही गरेको छ । १४ गते राति १२ बजेदेखि गरिएको निषेधाज्ञाको उल्लङ्घन एवं अवज्ञा गर्ने २ सय २२ महिला र ७ सय ९३ पुरुष गरी एक हजार १५ जनालाई कारबाही गरिएको हो ।
यस्तै निषेधाज्ञाको पहिलो दिन २२ वटा सवारी साधन नियन्त्रणमा लिइएको, मास्क नलगाइ अत्यावश्यक काममा हिँडडुल गर्ने व्यक्तिहरुलाई ६४५ वटा मास्क वितरण गरिएको र अटेर गरी निषेधाज्ञा उल्लंघन गर्ने ६० जना व्यक्तिहरुलाई जरिवाना गरी ६ हजार राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ९ वटा विभिन्न स्थानहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन समेत गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
दोस्रो दिन वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानहरुमा रहेका जम्मा ८ वटा स्वास्थ्य सामाग्रीहरु बिक्री वितरण गर्ने पसलहरूमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पर्याप्त मात्रा रहेको र अनुचित मूल्यमा बिक्री वितरण नभएका पाइएको रिजाले बताए ।
अनुगमनको क्रममा निषेधाज्ञाको उल्लङ्घन तथा अवज्ञा गरी अनावश्यक हिँडडुल तथा भेला जम्मा भएको कसुरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ र ८ का विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका जम्मा ८ जना व्यक्तिहरुलाई जनही तीन हजार (एक दिन कैद बराबरको रकम) जरिवाना गरी छाडिएको रिजालले बताए ।
उनका अनुसार निषेधाज्ञाको उल्लंघन एवम् अवज्ञा गरेका मध्ये १२४ महिला र ३०६ पुरुषलाई सम्झाइ बुझाइ छाडिएको, अत्यावश्यक काममा हिँडडुल गर्ने व्यक्तिहरुलाई ९० वटा मास्क वितरण गरिएको थियो । दोस्रो दिन अटेर गरी निषेधाज्ञा उल्लंघन गर्ने १२४ जना व्यक्तिहरुलाई जरिवाना गरी १२ हजार ४ सय बराबर राजश्व संकलन गरिएको र ३१ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण