शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धर्मेन्द्र–हेमा एक वर्षदेखि छन् अलग

शुक्रबार, १७ वैशाख २०७८, १५ : २९
शुक्रबार, १७ वैशाख २०७८

कोरोनाभाइरसको खतरा व्यापक छ । यसैकारण मानिसहरु टाढा बस्न बाध्य भइरहेका छन् । फेस मास्क र सामाजिक दुरीको सल्लाह सबैलाई दिइएको छ ।

कोरोनाभाइरसका कारण नायिका हेमा मालिनी र धर्मेन्द्र पनि एक वर्षभन्दा पनि बढी समयदेखि अलग्गै बसिरहेका छन् । अघिल्लो वर्ष कोरोनाभाइरसको खतरा बढेसँगै धर्मेन्द्र मुम्बई बाहिरको फार्महाउसमा बस्न गए ।

स्पटबोयसँगको कुराकानीमा हेमाले भनिन्, ‘यो उनको सुरक्षाका लागि राम्रो हो । यतिबेला हामी सँगै बस्नुभन्दा पनि उनको स्वास्थ्यबारे सोचिरहेका छौं । हामी सबैभन्दा भयानक संकटबाट गुज्रिरहेका छौं ।’

‘यदि हामीले सभ्यतालाई जोगाउनु छ भने हामी बलियो हुनुपर्छ, यसका लागि ठूलै बलिदान नै किन दिनु नपरोस् ।’

स्मरण रहोस्, धर्मेन्द्र लामो समयदेखि फार्महाउसमा बस्दै आइरहेका छन् । सोसल मिडियामा उनले आफ्ना थुप्रै फोटो भिडियो सेयर गरिरहन्छन् । हालै उनले मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाउन सल्लाह दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप