शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो लहरको उच्च विन्दू नजिकै संक्रमण

शुक्रबार, १७ वैशाख २०७८, २० : २२
शुक्रबार, १७ वैशाख २०७८

नेपालमा कोरोनाभाइरसको दोस्रो लहर शुरु भएसँगै संक्रमण तीव्र गतिमा फैलिरहेको छ । शुक्रबार नयाँ संक्रमितको संख्या पहिलो लहरको उच्च विन्दू नजिक पुगेको छ । पहिलो लहरमा एकै दिनमा सबैभन्दा बढी ५७४३ संक्रमित फेला परेका थिए । बिहीबार यो संख्या ५७२७ रहेको छ । पीसीआर विधिबाट १५,३९१ जना र एन्टिजेन विधिबाट ५२५ जनाको परीक्षण गर्दा क्रमशः ५,६५७ र ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३,२३,१८७ पुगेको छ । हाल नेपालमा ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ । 

पछिल्लो २४ घण्टामा थप ९२८ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २,८१,०९५ जना निको भएका छन् । नेपालमा निको हुने दर ८६.९ प्रतिशत रहेको छ । यही अवधिमा मृतकको संख्या ३३ जना रहेको छ । हालसम्म ३,२७९ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल ३६ हजार १३५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २,६८७, आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप