शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा सट्टेबाजी खेलाउने एक युवक पक्राउ

शुक्रबार, १७ वैशाख २०७८, २२ : २८
शुक्रबार, १७ वैशाख २०७८

रौतहट । रौतहट प्रहरीले भारतीय क्रिकेट टुर्नामेन्ट (आइपिएल) मा लाखौंको सट्टेबाजी (अनलाईन जुवा सञ्चालन) गर्ने एक युवकलाई पक्राउ गरेको छ । लाखौंको सट्टाबाजी खेलाउने गौर नगरपालिका १ का दिनेश जयसवालको छोरा २६ वर्षीय सुधीर जयसवाल पक्राउ परेका हुन् । सदरमुकाम गौरस्थित युनिभर्सल मोबाइल एसोसिरिज सञ्चालक सुधीरलाई बिहीबार साँझ प्रहरीले मोबाइलसहित नियन्त्रणमा लिएको हो ।

उक्त मोबाइल चेकगर्दा उनले ४८ जनाको ग्रुप बनाएर सट्टाबाजी जुवा खेलाउने गरेको सूचना फेला परेको एसपी सिद्वीविक्रम साहले बताए । सो मोबाइल नम्बरबाट सेवा सञ्चालन गरेको स्टेटमेन्ट चेक गर्दा  निजले १४ लाख ९४ हजार ९३७ र सनराईज बैंकको खाताबाट २ लाख ४४ हजार ७०३ गरि कुल १७ लाख ३९ हजार ६४० रुपैयाँ बराबरको जुवा सञ्चालन गरेको पाईएको एसपी शाहले जानकारी दिए ।

आरोपी जयसवालमाथि जुवा (सट्टाबाजी) अन्तरगत  मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप