सर्लाहीमा पेट्रोल पम्पमा लुटपाट
शुक्रबार, १७ वैशाख २०७८, २२ : ३६
सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।
पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।
उनले घटनाको अनुसन्धान र लुटपाट गरेर भाग्नेहरूको खोजी कार्य भइरहेको बताए । डकैती भएको करिब एक सय मिटरको दूरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी चौकी रहेको छ । घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी