बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'हट स्पट’ बन्दै काठमाडौं : कुन वडामा कति संक्रमित ?

महानगरमा १० एम्बुलेन्स तैनाथ, हप्तामा ५ दिन पिसिआर
शनिबार, १८ वैशाख २०७८, ०८ : ०६
शनिबार, १८ वैशाख २०७८

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित  भेटिन थालेका छन् ।  जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ ।

गत वर्ष कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठमाडौं परेको र संक्रमणको गति तिव्ररुपमा बढिरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई बताए ।

कोरोना महामारीको पहिलो लहरमा विशेष गरेर स्थलमार्ग हुँदै विभिन्न सीमा नाकाबाट उपत्यका प्रवेश गर्नेहरुले बढी संक्रमण भित्र्याएका थिए । यसपटक भने समुदायभित्रै नजानिँदो पाराले संक्रमण फैलिएको र ह्वात्तै  बढेको डंगोल बताउँछन् ।

काठमाडौं महानगरपालिका ३२ वटा वडामा हालसम्म ३७ हजार २२२ जना कोरोना संक्रमित भइसकेका छन् । 

 

२६० को मृत्यु, होम आइसोलेसनमा १४४४

हाल काठमाडौंमा होम आइसोलेसनमा  १ हजार ४४४ जना छन् । संस्थागत आइसोलेसनमा ३४ जना छन् । संक्रमणका कारण महानगरभित्र हालसम्म २६० जनाको मृत्यु भइसकेको छ । 

यहाँ सक्रिय संक्रमितको संख्या १ हजार ५७२ जना रहेको महानगरपालिका प्रवक्ता डंगोलले जानकारी दिए ।

कोरोना संक्रमण दर तिव्ररुपमा बढ्दा काठमाडौं उपत्यकाका अस्पतालहरुमा  बिरामीले हत्तपत्त भर्ना पाउने अवस्था छैन । काठमाडौं उपत्यकाका अस्पतालहरुमा देशभरका विभिन्न ठाउँबाट संक्रमितहरु उपचारका लागि आउने गरेका छन् । संस्थागत आइसोेलेसनमा भन्दा होम आइसोलेसनमा बस्नेहरु काठमाडौैं महानगरपालिकामा बढिरहेको महानगरका प्रवक्ता डंगोल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप