मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारीको क्रममा अनुगमनमा निस्किए प्रदेश प्रमुख

शनिबार, १८ वैशाख २०७८, १६ : १७
शनिबार, १८ वैशाख २०७८

प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) कोरोना संक्रमण बढ्दै गर्दा जनमानसमा परेको असर तथा वास्तविकता बुझ्न अनुगमनमा निस्किएका छन् । 

जनकपुरधामको मिल्स एरियादेखि शिव चोकसम्म अनुगमनका प्रदेश प्रमुख झाले मास्क नलगाएका बटुवा तथा पसलेलाई मास्क लगाएर काम गर्दा आफू पनि स्वास्थ्य रहने र अरु पनि स्वास्थ्य रहने भन्दै मास्क लगाएर सेवा गर्न अनुरोध गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैँडाले धनुषा पनि कोरोनाको दोस्रो लहरको असर परेको भन्दै प्रदेश प्रमुख झाद्वारा अनुगमन थालिएको बताए । उनले अघि थप्दै भने– नागरिक प्रतिको दायित्व अन्तर्गत आज हामीले मास्क लगाएको अनुगमन गरेका हौँ । कतिपयले चिउँडोमा मास्क लगाएको देखियो । हामीले मास्क नभएका व्यक्तिलाई मास्क दियौँ र मास्कले मुख र नाक समेत ढाक्न आग्रह गर्दै स्वास्थ्य रहन र अरुलाई पनि स्वास्थ्य रहन आग्रह गर्यौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप