बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘एउटा गीत’ मा मनिष र आरजुको रोमान्स

आइतबार, १९ वैशाख २०७८, १३ : ११
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । गायक प्रतीक पौडेलको स्वरमा रहेको गीत ‘एउटा गीत’ सार्वजनिक भएको छ । गायक पौडेलकै शब्द तथा संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा अभिनेता मनिष श्रेष्ठ र मोडल आरजु बैजुको अभिनय देख्न सकिन्छ ।

आफूले मन पराएको सुन्दरी आरजुसँग बिताएका रमाइला क्षणहरूलाई मनिषले यात्राको क्रममा कल्पना गरेका भिडियो देखाइएको छ । भिडियोमा आरजु र मनिषको जोडी सुहाएको छ ।  शिशिर खातीको निर्देशन रहेको भिडियोमा शंकर भुजेलको छायाँंकन र बनिश शाहको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप