बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्थायी कमिटी बैठकमा लुम्बिनी प्रदेशकाे राजनीतिबारे ओलीकाे ब्रिफिङ

आइतबार, १९ वैशाख २०७८, १३ : ४८
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । आइतबार मध्यान्ह आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका छन् ।

बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गर्यो । आफ्नो पार्टी पङ्क्तिलाई पनि अझ बढी क्रियाशील भएर कोरोना नियन्त्रण अभियानमा संलग्न हुन आह्वान गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप