बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

आइतबार, १९ वैशाख २०७८, १४ : १२
आइतबार, १९ वैशाख २०७८

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ ।  रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुटनिक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो । 

रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाई छ । 

खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुलाई स्पुटनिक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ । 
भारतमा योसँगै तीनवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुईओटा खोप कोभ्याक्स र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो । भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ । 

महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरू प्रदान गरेका छन् । –पिटिआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप