अब सिटी एक्सप्रेस अस्ट्रेलियाबाट रकम पठाउँदा शुल्क नलाग्ने, ३० मिनेट मै ग्राहकको हातमा
आइतबार, १९ वैशाख २०७८, १४ : ४३
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकले रकम पठाउँदा नेपालभरी रहेका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको वेब साइटबाट पठाउन सकिने कम्पनीले जनाएको छ ।
कोभिड—१९ को यस परिस्थितिमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोचले यो योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाका डाइरेक्टर समिप कटुवालले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ