शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बस्न्यातको रिटमा कारण देखाउ आदेश

आइतबार, १९ वैशाख २०७८, १४ : ५९
आइतबार, १९ वैशाख २०७८

सर्वोच्च अदालतले अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको लिखित कारण मागेको छ । 
सर्वोच्चले विशेष अदालत र डिल्लीबजार कारागार कार्यालयका नाममा आदेश जारी गर्दै यस्तो कारण माग गरेको हो । 

आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले बस्न्यातलाई थुनामा राख्नुपर्ने लिखित कारण तीन दिनभित्र पेश गर्न भनेको हो ।

भ्रष्टाचार आरोपमा बस्न्यात डिल्लीबजार कारागारमा रहेपनि हाल ओम अस्पतालमा उपचार गराइरहेका छन् । उनले केही समयअघि थुनामुक्त गरेर मुद्दा लड्न माग गर्दै रिट दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप